जब उडिरहेको तारा एयरको झ्यालको सिसा खस्यो……..

जब उडिरहेको तारा एयरको झ्यालको सिसा खस्यो…….. : Icon Khabar

सोलुखुम्बु, मंसिर २५ । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आइतबार काठमाडाैंबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।

जहाजमा पूरै कार्गो सामग्रीले भरिएकाले भित्रबाट सामग्रीहरुको दबाबले सिसा निस्किएको हुन सक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिए। उनका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएको उक्त जहाजमा चालक दलका तीन सदस्य मात्रै सवार थिए ।

सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन नसकेको बताइएको छ । सो जहाज आइतबार विहान १०:०१ मा लुक्ला विमानस्थल अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै छ भने मर्मतपछि मात्र काठमाडौँ फर्किने तारा एयरले जनाएको छ ।

Published Date: 11 December 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी