ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न

ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर २५ । भक्तपुर एडिफाई स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय सेन्ट जोन ईगंलिस स्कुल सल्लाघारी भक्तपुरको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त गायन प्रतियोगिताको छात्र तर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, यूनिटी स्कुलका सिलास परियार द्धितीय, मदरल्याण्ड स्कुलका क्रिसल तामागं तृतीय र पारिजात स्कुलको असिम थापा सान्त्वना हुन सफल भएका थिए।

यसै गरी छात्रा तर्फको गायनमा अनु बादी विमल मेमोरियल स्कुल प्रथम, साकिरा प्रजापति सूर्योदय स्कुल द्धितीय, स्वर्णिम कार्की ईडेन गार्डेन स्कुल तृतीय र विपिना घिमिरे मदरल्याण्ड स्कुल सान्त्वना हुन सफल भएका थिए।

ईप्सन भक्तपुरका अध्यक्ष जिबि खड्काले विजेता विद्यार्थीहरुलाई पुरस्कृत पश्चात शुभकामना व्यक्त गर्दै ईप्सनले वार्षिक रुपमा शिक्षक एवं विद्यार्थीहरुको लागि विविध कार्यक्रम गर्दै आएको जानकारी दिए।

कार्यक्रमको आयोजक विद्यालय सेन्ट जोन स्कुलका प्राचार्य देव भट्टले यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीहरुमा निहित प्रतिभाले स्थान पाउने भएकाले गायन प्रतियोगिता गरेको बताए।

Published Date: 11 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग