ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न

ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर २५ । भक्तपुर एडिफाई स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय सेन्ट जोन ईगंलिस स्कुल सल्लाघारी भक्तपुरको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त गायन प्रतियोगिताको छात्र तर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, यूनिटी स्कुलका सिलास परियार द्धितीय, मदरल्याण्ड स्कुलका क्रिसल तामागं तृतीय र पारिजात स्कुलको असिम थापा सान्त्वना हुन सफल भएका थिए।

यसै गरी छात्रा तर्फको गायनमा अनु बादी विमल मेमोरियल स्कुल प्रथम, साकिरा प्रजापति सूर्योदय स्कुल द्धितीय, स्वर्णिम कार्की ईडेन गार्डेन स्कुल तृतीय र विपिना घिमिरे मदरल्याण्ड स्कुल सान्त्वना हुन सफल भएका थिए।

ईप्सन भक्तपुरका अध्यक्ष जिबि खड्काले विजेता विद्यार्थीहरुलाई पुरस्कृत पश्चात शुभकामना व्यक्त गर्दै ईप्सनले वार्षिक रुपमा शिक्षक एवं विद्यार्थीहरुको लागि विविध कार्यक्रम गर्दै आएको जानकारी दिए।

कार्यक्रमको आयोजक विद्यालय सेन्ट जोन स्कुलका प्राचार्य देव भट्टले यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीहरुमा निहित प्रतिभाले स्थान पाउने भएकाले गायन प्रतियोगिता गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ