काठमाडौंले अपराजित पोखराको सामना गर्दै

काठमाडौंले अपराजित पोखराको सामना गर्दै : Icon Khabar

काठमाडौं, मंसिर २५ । नेपाल सुपर लिगको दोस्रो संस्करणको एकमात्र खेलमा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

चार खेलबाट आठ अंक जोडेको दोस्रो स्थानमा रहेको पोखरा जितसँगै तालिकाको शीर्षस्थानमा उक्लने छ । अर्कोतर्फ, काठमाडौंका लागि यो शीर्ष टोलीसंग अन्तर घटाउने अवसर हो ।

पोखरा प्रतियोगितामा सरप्राइज बनेको छ । सिजन सुरु हुनुअघि नै राम्रो भनेर आंकलन नगरिएको नविन न्यौपानेको टोली पोखरा चार खेलमा दुई जित र दुई बराबरी सहित अपराजित छ ।

गत सिजनको च्याम्पियन काठमाडौंले आफ्नो पहिलो खेलमा जित हात पारेको थियो । त्यसपछि लगातार बराबरीमा संघर्ष गरेको टोली चौथो खेलमा शनिबार बुटवलसँग पराजित भएको थियो । काठमाडौंले बुटवलविरुद्ध धेरै अवसर सिर्जना गर्न सकेन र खेलभर बुटवलको प्रभुत्व रह्यो ।

काठमाडौंले गोल गर्ने अवसर पाए पनि जित निकाल्न भने असफल रह्यो । हारका बाबजुद काठमाडौँको उज्बेकी जोडी शोखरुख र तोजिदिनोभ सधैं जस्तै जीवन्त थिए ।

प्रतियोगिताको आधा यात्रा सकिएसँगै दुवै टोलीले प्लेअफमा आँखा राखेका छन् र आज जित निकालेर आफ्नो सम्भावना बलियो बनाउन खोज्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2023
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न