काठमाडौंले अपराजित पोखराको सामना गर्दै

काठमाडौंले अपराजित पोखराको सामना गर्दै : Icon Khabar

काठमाडौं, मंसिर २५ । नेपाल सुपर लिगको दोस्रो संस्करणको एकमात्र खेलमा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

चार खेलबाट आठ अंक जोडेको दोस्रो स्थानमा रहेको पोखरा जितसँगै तालिकाको शीर्षस्थानमा उक्लने छ । अर्कोतर्फ, काठमाडौंका लागि यो शीर्ष टोलीसंग अन्तर घटाउने अवसर हो ।

पोखरा प्रतियोगितामा सरप्राइज बनेको छ । सिजन सुरु हुनुअघि नै राम्रो भनेर आंकलन नगरिएको नविन न्यौपानेको टोली पोखरा चार खेलमा दुई जित र दुई बराबरी सहित अपराजित छ ।

गत सिजनको च्याम्पियन काठमाडौंले आफ्नो पहिलो खेलमा जित हात पारेको थियो । त्यसपछि लगातार बराबरीमा संघर्ष गरेको टोली चौथो खेलमा शनिबार बुटवलसँग पराजित भएको थियो । काठमाडौंले बुटवलविरुद्ध धेरै अवसर सिर्जना गर्न सकेन र खेलभर बुटवलको प्रभुत्व रह्यो ।

काठमाडौंले गोल गर्ने अवसर पाए पनि जित निकाल्न भने असफल रह्यो । हारका बाबजुद काठमाडौँको उज्बेकी जोडी शोखरुख र तोजिदिनोभ सधैं जस्तै जीवन्त थिए ।

प्रतियोगिताको आधा यात्रा सकिएसँगै दुवै टोलीले प्लेअफमा आँखा राखेका छन् र आज जित निकालेर आफ्नो सम्भावना बलियो बनाउन खोज्नेछन् ।

Published Date: 11 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग