आज नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ बाँडफाँट

आज नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ बाँडफाँट : Icon Khabar

काठमाडौं, मंसिर २० । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आज बुधबार (मंसिर २० गते) आइपिओ बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथामार्फत १ लाख १४ हजार १२५ जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार यो आइपीओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेकामा ८४ हजार ५६० जनाको आवेदन रद्द भएको थियो ।

योग्य ११ लाख ९१ हजार ९९८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल वेयर हाउजिङ कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । https://iporesult.cdsc.com.np/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 December 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो