आज नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ बाँडफाँट

आज नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ बाँडफाँट : Icon Khabar

काठमाडौं, मंसिर २० । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आज बुधबार (मंसिर २० गते) आइपिओ बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथामार्फत १ लाख १४ हजार १२५ जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार यो आइपीओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेकामा ८४ हजार ५६० जनाको आवेदन रद्द भएको थियो ।

योग्य ११ लाख ९१ हजार ९९८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल वेयर हाउजिङ कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । https://iporesult.cdsc.com.np/

Published Date: 06 December 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु