राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा रूपान्तरण, आईपीओ जारी गर्ने

राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा रूपान्तरण, आईपीओ जारी गर्ने : Icon Khabar

काठमाडौँ, मंसिर २० । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा संस्थालाई जीवन बीमा कम्पनी लिमिटेडमा परिणत हुने अनुमति प्रदान गरेको छ। प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो।

संस्थान पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सर्वसाधारणलाई आईपीओ जारी गर्नुपर्ने प्राधिकरण स्रोतले जनाएको छ। ऐनको दफा ४४ मा बीमकले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनुपर्ने व्यवस्था छ। यसको लागि कम्पनीलाई प्राधिकरणले १ वर्षको अवधि दिएको छ। हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ।

संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत शेयर स्वामित्व रहेको छ।

यस अघि राष्ट्रिय बीमा संस्थान ऐन सकृय रहेकोले संस्थानलाई न्यूनतम चुक्ता पूँजी पुर्याउन समेत छुट थियो। तर संस्थान ऐन खारेज भएर नयाँ बीमा ऐन लागु भएर पब्लिक कम्पनीमा परिणत भएपछि प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी समेत कायम गर्नुपर्ने भएकाे हाे।

प्राधिकरणले ६ वटा शर्तसहित संस्थालाई जीवन बीमक कम्पनीको प्रमाणपत्र जारी गरिएको स्रोतले बताएको छ। जसमा ६ महिनाभित्र राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा जीवन बीमा व्यवसाय सुरु गर्नुपर्ने, १ वर्षभित्र ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने, कम्पनीमा परिणत हुनु अघिका आर्थिक वर्षहरुको सम्पत्ति तथा दायित्वको बीमाङ्कीय मूल्यांकन गराई सोको प्रतिवेदन ६ महिनाभित्र पेश गर्नुपर्ने, कम्पनीमा परिण हुनुअघिसम्मका आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण पेश गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रक्रिया तथा कार्यक्रम अद्यावधिक गरी १ महिनाभित्र पेश गर्ने र प्राधिकरणले जारी गरेका निर्देशिका तथा तोकेका अन्य शर्तहरु समेत पालना गर्नुपर्ने रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 December 2023
Website | + posts