प्रक्रिया नै प्रक्रियाको चक्करबाट बाहिर नआएसम्म देश विकास हुँदैन: कुलमान घिसिङ

प्रक्रिया नै प्रक्रियाको चक्करबाट बाहिर नआएसम्म देश विकास हुँदैन: कुलमान घिसिङ : Icon Khabar

काठमाडौं, मंसिर २० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले सार्वजनिक रूपमै देशमा काम गर्ने वातावरण नभएको भन्दै सरकारका निकायहरूदेखि स्थानीय तहहरूसम्मको भूमिकामाथि प्रश्न उठाएका छन् ।

उनले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि विभिन्न परियोजना सहित विद्युत् प्राधिकरणका कार्ययोजनाहरूको कार्यान्वयन उनकै लागि सन्तोषजनक नभएको स्पष्ट गरेको छ । पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गरेर मानक स्थापित गरेका कुलमान दोस्रो कार्यकालमा हुन नसकेका कामको दोष अरूमाथि लगाइरहेका छन् ।

उनले काम भइरहे पनि गति सन्तोषजनक नभएको र प्रक्रिया नै प्रक्रियाको चक्करबाट बाहिर नआएसम्म देश विकास नहुने बताए ।

Published Date: 06 December 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु