एनसेलको सेयर खरिद–बिक्रीको बारे तत्काल छानबिन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

एनसेलको सेयर खरिद–बिक्रीको बारे तत्काल छानबिन गर्न प्रधानमन्त्री दाहालको निर्देशन : Icon Khabar

काठमाडौँ, मंसिर १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयकाअनुसार राजश्व विभाग लगायतका निकायलाई एनसेलको सेयर खरिदको छानबिन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन् ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो । नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि प्रश्न उठिरहेका छन् ।

एनसेलको सेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो । दूरसञ्चार सेवा प्रदायक कम्पनी र वैदेशिक लगानीका सन्दर्भमा प्रत्यक्ष सरोकार राख्ने नेपालस्थित सरकारी निकायलाई जानकारी नै नदिई सेयर खरिद–बिक्री भएपछि समितिले चासो राख्दै सरोकारवाला निकायलाई लेखा समितिले प्रश्न गर्दै विवरण माग गरिसकेको छ । यस विषयमा प्रधानमन्त्रीले पनि चासो व्यक्त गर्दै तत्काल अध्ययन गर्न निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 December 2023
Website | + posts


ताजा
फिक्स योर साइकल: माउन्टेन बाइक मर्मत तालिमको पहिलो संस्करण सम्पन्न
जापानमा १०० वर्ष उमेर कटेका व्यक्तिहरुको संख्या करिब एक लाख पुगेको घोषणा
रूस र इन्डोनेसियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपनि नेपालमा किन बढ्यो ?


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)