इन्डोनेसियाको मारापी हिमालमा विष्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ जना बेपत्ता

इन्डोनेसियाको मारापी हिमालमा विष्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ जना बेपत्ता : Icon Khabar

न्डोनेसिया, मंसिर १८ । इन्डोनेसियाको माउण्ट मारापीमा ज्वालामुखी विष्फोट भएपछि ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जना आरोही बेपत्ता भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन । ’त्यहाँ २६ जना छन् जसलाई बाहिर निकाल्न सकिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन् ।

सोमबार सोही क्षेत्रमा एक सानो ज्वालामुखी विष्फोट भएपछि उद्धारकर्मीहरूलाई कार्य गर्न कठिनाइ भएको र उद्धार कार्य केही समयलाई स्थगित गर्न बाध्य भएको खोज उद्धार एजेन्सीका प्रमुख अब्दुलले बताएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । माउन्ट मारापी ज्वालामुखीको खतरा रहेको इन्डोनेसियाको चार–चरणको चेतावनी दिइएको स्केल क्षेत्रमध्ये दोस्रो चेतावनी स्तरमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 December 2023
Website | + posts