बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु, जनजीवन कष्टकर

बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु, जनजीवन कष्टकर : Icon Khabar

हुम्ला, मंसिर १८ । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भइरहेको हो ।

हिमपात जिल्लाका अधिकांश भूभागमा भइरहेको छ । हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ ।

बाक्लो हुस्सुका कारण हवाई सेवासमेत अवरुद्ध भएको छ । गहुँ, जौ, उवा छर्ने समय भएकाले किसान भने खुसी भएका छन् ।

Published Date: 04 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग