सोमालिया बाढी : मृत्यु हुनेको संख्या ११० पुग्यो

सोमालिया बाढी : मृत्यु हुनेको संख्या ११० पुग्यो : Icon Khabar

काठमाडौँ, मंसिर १८ । सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमालियामा एल निनोका कारण आएको विनाशकारी बाढीका कारण कम्तीमा ३६ जिल्लाका १० लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ । सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो अपडेटमा ओसिएचएले भनेको छ, ‘हिर्शाबेल र जुबाल्याण्ड राज्यका १० स्थानमा बाढीमा फसेका दशौं हजार मानिसलाई उद्धार गर्न कम्तीमा ३७ वटा डुङ्गा परिचालन गरिएको छ ।’

गत अक्टोबरमा आएको बाढीका कारण देशभरका पूर्वाधार, व्यापार, शिक्षा र खाद्य आपूर्ति सेवा समेत प्रभावित भएको छ । चार दशकयताकै सबैभन्दा लामो खडेरीपछि आएको बाढीले पशुधन र बालीनाली नष्ट भएको छ भने खडेरीले देशलाई अनिकालको संघारमा पुर्‍याएको छ । ओसीएचएका अनुसार, हिरशाबेल र गाल्मुडुग राज्यहरूमा हैजाको शंकास्पद घटना रिपोर्ट गरिएका कारण पानीबाट सर्ने रोगको बारेमा चिन्ता बढ्दै गएको छ । ‘यो प्रकोपले सीमित स्वास्थ्य सेवा सुविधा भएका समुदायका लागि ठूलो खतरा निम्त्याउनेछ’,उनले भने।

मानवीय सहायता, अधिकारी र स्थानीय समुदायले कम्तीमा आठ लाख २० हजार मानिसलाई सहयोग गरेको छ, जुन प्रभावितमध्ये करिब ३० प्रतिशत हो । मध्य शाबेल, लोअर जुबा र बानादिरको तटीय क्षेत्रमा डिसेम्बर ५ सम्म हल्का वर्षाको सम्भावना रहेको र बाँकी देश तथा इथियोपियाली उच्च भूभागमा सुख्खा मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि शाबेल नदीबेसिनमा पानीको सतह उच्च रहेको र धेरै क्षेत्रमा बाढी आएको बताइएको छ ।

हिर्शाबेल राज्यको जौहर शहरको पूर्वमा २० वटा गाउँ डुबानमा परेका छन् । एक महिनादेखि जलमग्न भएको महादे शहरमा केही घर भत्किएका ओसीएचएले जनाएको छ ।

Published Date: 04 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु