भक्तपुर चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

कविदास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन

भक्तपुर चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न : Icon Khabar

काठमाडौँ, मंसिर १८ । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ।

आइतबार भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले आइतबार दुई वर्षको कार्यकालका लागि कविदास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

चेम्बरको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ, उपाध्यक्ष एसोसिएट्समा जगतबहादुर श्रेष्ठ, उपाध्यक्षमा राधेसुन्दर साँयजू, माधवप्रसाद प्रजापति र चन्द्रभक्त श्रेष्ठ, महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा ज्ञानेन्द्र मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा न्हुछेराम धुख्वा, विजय हाछेथु, अष्टबज्र बज्राचार्य, पशुपति भुसाल, विक्रम प्रजापति, जीवन मारिखु, नानीबाबु थापा, कुलदीप जीसी, दीपककृष्ण प्रजापति र प्रश्रित भोयद्यो निर्वाचित भएका छन् ।

यसअघि समितिको अध्यक्षमा न्हुछेंरत्न मानन्धर अध्यक्ष रहेका थिए । उनी जिल्ला समितिको संस्थापक अध्यक्ष पनि हुन् । उनले दुई कार्यकाल सम्हालिसकेका छन् । साधारणसभा तथा अधिवेशनको उदघाटन नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले उदघाटन गरेका थिए ।

Published Date: 04 December 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने