भक्तपुर चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

कविदास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन

भक्तपुर चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न : Icon Khabar

काठमाडौँ, मंसिर १८ । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ।

आइतबार भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले आइतबार दुई वर्षको कार्यकालका लागि कविदास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

चेम्बरको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ, उपाध्यक्ष एसोसिएट्समा जगतबहादुर श्रेष्ठ, उपाध्यक्षमा राधेसुन्दर साँयजू, माधवप्रसाद प्रजापति र चन्द्रभक्त श्रेष्ठ, महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा ज्ञानेन्द्र मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा न्हुछेराम धुख्वा, विजय हाछेथु, अष्टबज्र बज्राचार्य, पशुपति भुसाल, विक्रम प्रजापति, जीवन मारिखु, नानीबाबु थापा, कुलदीप जीसी, दीपककृष्ण प्रजापति र प्रश्रित भोयद्यो निर्वाचित भएका छन् ।

यसअघि समितिको अध्यक्षमा न्हुछेंरत्न मानन्धर अध्यक्ष रहेका थिए । उनी जिल्ला समितिको संस्थापक अध्यक्ष पनि हुन् । उनले दुई कार्यकाल सम्हालिसकेका छन् । साधारणसभा तथा अधिवेशनको उदघाटन नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले उदघाटन गरेका थिए ।

Published Date: 04 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु