विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण : Icon Khabar

काठमाडौं, मंसिर १७ । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका छन् । ६ जनाको भने तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको बताए । उनले परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताए ।

काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ । यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योगका लागि १५०० दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् ।

विशेषज्ञ दर्ता प्रमाणपत्र वितरण लागि परीक्षामा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र सक्कल प्रमाणपत्र रुजु गरिने काउन्सिलले जनाएको छ । प्रमाणपत्र लिनका लागि तोकिएका सबै प्रमाणपत्र सहित सम्बन्धित स्वयं उपस्थित हुनुपर्नेछ ।

Published Date: 03 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु