अपांगता दिवसको अवसरमा भक्तपुरमा घैंटो फुटाउने, चित्रकला प्रतियोगिता सम्पन्न

अपांगता दिवसको अवसरमा भक्तपुरमा घैंटो फुटाउने, चित्रकला प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर १७ । ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा भक्तपुर नपाभित्रका सम्पूर्ण अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी भक्तपुर नगरपालिकाले आज घैंटो फुटाउने खेल, चित्रकला प्रतियोगिता तथा स्वास्थ्य शिविर आयोजना गरेको छ ।

देकोचास्थित ख्वप कलेज प्रांगणमा आयोजित घैटो फुटाउने खेल (बौद्धिक अपांगता र सुस्त मनस्थिति भएकाहरुको लागि) र चित्रकला प्रतियोगिता (बहिरा, बौद्धिक अपांगता र सुस्त मनस्थिति भएकाहरु)लाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुले देश र समाज चिनाउन उल्लेखनीय कार्यहरु गरेका उदाहरणहरु प्रस्तुत गर्दै यसबाट अपांगता भएका व्यक्तिहरु पनि समान क्षमताका छन् भन्ने दरिलो उदाहरण भएको बताए।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले अपांगता भएका बालबालिकाहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुलाई हरेक क्षेत्रमा व्यक्तित्व विकास गर्ने अवसरहरु प्रदान गरिनुपर्नेमा जोड दिईन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले शारीरिक असशक्तता भएका व्यक्तिहरुलाई थप माया र स्नेहको खाँचो भएको र अपांगता भएका व्यक्तिहरुलाई सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताउँदै प्रतियोगिता आयोजनाले उनीहरुमा उत्साह थपेको बताईन् ।

कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, ख्वप माविका प्रअ प्रकाशकुमार श्रेष्ठलगायतले अपांगता भएका व्यक्तिहरु पनि समाजका विशेष भूमिका भएका व्यक्तित्व हुन् बताए।

प्रतियोगितामा घैंटो फुटाउने खेलमा ४२ जना, चित्रकला प्रतियोगितामा ३५ जना अपांगता भएका बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आयोजित स्वास्थ्य शिविर बिहान १० बजेदेखि सोही स्थानमा भएको थियो ।

Published Date: 03 December 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी