३३ वर्षअघिको फिल्म ‘चिनो’ को गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक भर्जन सार्वजनिक

३३ वर्षअघिको फिल्म ‘चिनो’ को गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक भर्जन सार्वजनिक : Icon Khabar

काठमाडौं, मंसिर १७ । सदाबहार‌ लोकप्रिय गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

३३ वर्षअघि निर्माण भएको फिल्म ‘चिनो’ को ‘तिम्रो मनमा लुकेको कुरा’ गीत गायक नारायण गोपाल र गायिका आशा भोस्लेले गाएका थिए । यो गीतमा रनजीत गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ ।

बिहीबार सार्वजनिक रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ तथा गायिका अन्नु चौधरीको स्वर रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा संगीतकार रनजीत गजमेर, अभिनेत्रीद्वय शर्मिला मल्ल, गौरी मल्ल, निर्माता मोहन सराफ लगायतको उपस्थिति थियो ।

सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी, शर्मिला मल्ल, सुरविर पण्डित, शिशिर भण्डारी, शंकर श्रेष्ठ, अश्विनी शाहीको अभिनय रहेको छ ।

भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन् । दुई भागमा निर्माण गरिएको भिडियोमा माया प्रेम र सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ । गीतको भाव अनुसार भिडियोको कन्सेप्ट सुहाएको छ । भिडियोमा टिमको मेहनत देख्न सकिन्छ ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार रनजीत गजमेरले ३३ वर्षअघि मुम्बईमा गीत रेकर्डिङ्गको समयको स्मरण गर्दै भने – ‘त्यति बेला नारायण गोपाल र आशा भोस्लेले गीतलाई न्याय दिएका थिए, दर्शक–श्रोताले गीतलाई मन पराइदिनु भएको थियो । अझै पनि नयाँ गायक–गायिकाको स्वरलाई मन पराउनु हुनेछ भन्ने मलाई लाग्दछ ।’ गीतको भिडियो शिशिर भण्डारीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

Published Date: 03 December 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी