३३ वर्षअघिको फिल्म ‘चिनो’ को गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक भर्जन सार्वजनिक

३३ वर्षअघिको फिल्म ‘चिनो’ को गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक भर्जन सार्वजनिक : Icon Khabar

काठमाडौं, मंसिर १७ । सदाबहार‌ लोकप्रिय गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

३३ वर्षअघि निर्माण भएको फिल्म ‘चिनो’ को ‘तिम्रो मनमा लुकेको कुरा’ गीत गायक नारायण गोपाल र गायिका आशा भोस्लेले गाएका थिए । यो गीतमा रनजीत गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ ।

बिहीबार सार्वजनिक रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ तथा गायिका अन्नु चौधरीको स्वर रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा संगीतकार रनजीत गजमेर, अभिनेत्रीद्वय शर्मिला मल्ल, गौरी मल्ल, निर्माता मोहन सराफ लगायतको उपस्थिति थियो ।

सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी, शर्मिला मल्ल, सुरविर पण्डित, शिशिर भण्डारी, शंकर श्रेष्ठ, अश्विनी शाहीको अभिनय रहेको छ ।

भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन् । दुई भागमा निर्माण गरिएको भिडियोमा माया प्रेम र सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ । गीतको भाव अनुसार भिडियोको कन्सेप्ट सुहाएको छ । भिडियोमा टिमको मेहनत देख्न सकिन्छ ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार रनजीत गजमेरले ३३ वर्षअघि मुम्बईमा गीत रेकर्डिङ्गको समयको स्मरण गर्दै भने – ‘त्यति बेला नारायण गोपाल र आशा भोस्लेले गीतलाई न्याय दिएका थिए, दर्शक–श्रोताले गीतलाई मन पराइदिनु भएको थियो । अझै पनि नयाँ गायक–गायिकाको स्वरलाई मन पराउनु हुनेछ भन्ने मलाई लाग्दछ ।’ गीतको भिडियो शिशिर भण्डारीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू