राष्ट्र बैंकले कुल ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले कुल ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने : Icon Khabar

काठमाडौं, मंसिर १७ । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको कुल ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले २०८० पुस १ गतेदेखि २०८१ पुस १ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर १७ गतेदेखि १९ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

यसमा ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ ।

यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts