आइतबार नेप्से परिसूचक ७.२९ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ७.२९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १७ । आइतबार नेप्से परिसूचक ७.२९ विन्दुले घटेर १८५१.२३ अंकमा आएर अडिएको छ ।

आज ९६ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज २९३ कम्पनीको करिब ३४ लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड ९५ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् । १७ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts