भारी हिमपातका कारण जर्मनीमा करिब ७६० उडानहरु रद्द, बस, ट्राम र रेल सेवाहरु समेत बन्द

भारी हिमपातका कारण जर्मनीमा करिब ७६० उडानहरु रद्द, बस, ट्राम र रेल सेवाहरु समेत बन्द : Icon Khabar

म्युनिख, मंसिर १७ । भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थलमा हुने करिब ७६० उडानहरु रद्द गरिएका छन् ।

हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरु समेत बन्द गरिएको विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने, लामो दूरीका अन्य यातायातका सेवाहरु पनि स्थगन गरिएको छ ।

रेल यातायात सोमबारसम्म “गम्भीर रुपमा प्रभावित“ हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो संख्यामा यात्रुहरु म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको समाचारमा उल्लेख गरिएको छ । प्रहरीले पनि म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ ।

यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरुमा मानिसहरुलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले जनाएको छ । बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि “सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण“ स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

शनिबार, म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सीएनएनले उल्लेख गरेको छ । म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो । यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो । बाभेरियामा यो पटक १७ वर्षयताकै भारी हिमपात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने