भारी हिमपातका कारण जर्मनीमा करिब ७६० उडानहरु रद्द, बस, ट्राम र रेल सेवाहरु समेत बन्द

भारी हिमपातका कारण जर्मनीमा करिब ७६० उडानहरु रद्द, बस, ट्राम र रेल सेवाहरु समेत बन्द : Icon Khabar

म्युनिख, मंसिर १७ । भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थलमा हुने करिब ७६० उडानहरु रद्द गरिएका छन् ।

हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरु समेत बन्द गरिएको विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने, लामो दूरीका अन्य यातायातका सेवाहरु पनि स्थगन गरिएको छ ।

रेल यातायात सोमबारसम्म “गम्भीर रुपमा प्रभावित“ हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो संख्यामा यात्रुहरु म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको समाचारमा उल्लेख गरिएको छ । प्रहरीले पनि म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ ।

यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरुमा मानिसहरुलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले जनाएको छ । बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि “सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण“ स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

शनिबार, म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सीएनएनले उल्लेख गरेको छ । म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो । यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो । बाभेरियामा यो पटक १७ वर्षयताकै भारी हिमपात भएको छ ।

Published Date: 03 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग