रवि लामिछाने आज मलेसिया जाँदै, फर्किएको भोलिपल्टै कतार उड्ने

रवि लामिछाने आज मलेसिया जाँदै, फर्किएको भोलिपल्टै कतार उड्ने : Icon Khabar
तस्बिर स्रोत: रविन पाण्डे फेसबुकबाट।

काठमाडौँ, मंसिर १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शनिबार) मलेसिया जाँदैछन् । लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन् ।

सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किने छन् । स्वदेश फर्किएको भोलिपल्टै फेरि उनी कतार जाने कार्यक्रम सहप्रवक्ता रावलले बताइन् । उनले कतारबाटै बेलायत जानछन् । सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सभापति लामिछाने विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिइएको छ । भ्रमणमा सभापति लामिछानेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकाटी र सहकोषाध्यक्ष दीपक बोहरा पनि सहभागी हुनेछन् ।

Published Date: 02 December 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु