रवि लामिछाने आज मलेसिया जाँदै, फर्किएको भोलिपल्टै कतार उड्ने

रवि लामिछाने आज मलेसिया जाँदै, फर्किएको भोलिपल्टै कतार उड्ने : Icon Khabar
तस्बिर स्रोत: रविन पाण्डे फेसबुकबाट।

काठमाडौँ, मंसिर १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शनिबार) मलेसिया जाँदैछन् । लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन् ।

सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किने छन् । स्वदेश फर्किएको भोलिपल्टै फेरि उनी कतार जाने कार्यक्रम सहप्रवक्ता रावलले बताइन् । उनले कतारबाटै बेलायत जानछन् । सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सभापति लामिछाने विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिइएको छ । भ्रमणमा सभापति लामिछानेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकाटी र सहकोषाध्यक्ष दीपक बोहरा पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने