एनएसएलमा आज दुई खेल

एनएसएलमा आज दुई खेल : Icon Khabar

काठमाडौँ, मंसिर १६ । नेपाल सुपर लिग (एनएसएल) मा आज शनिबार दुई खेल हुँदैछन्। दिउँसो १ बजे सुरु हुने दिनको पहिलो खेलमा झापा एफसीले पोखरा थन्डर्सको समान गर्ने छ। झापाले आज आफ्नो दोस्रो खेल खेल्दै छ।

यसअघि स्पोर्टिङ्ग इलाम डे मेची एफसी विरुद्ध १-० हार बेहोरेको झापा पहिलो जितको खोजीमा हुने छ। झापाले आज पनि राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बु विना खेल्नु पर्ने छ। स्टार खेलाडीले भरिपूर्ण झापाको मिडफिल्डले पहिलो खेलमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेन।

उता पोखराले भने पहिलो खेलमा बलियो मानिएको एफसी चितवन विरुद्ध जित निकालेको थियो भने दोस्रो खेलमा ललितपुर एफसी विरुद्ध गोलरहित बराबरी खेलेको थियो। पोखराको डिफेन्स लाइन नेपाली फुटबलमा अनुभवी फ्रान्कलिन टाल्ला र अष्ट्रेलिया बाट फर्केको दिनेश राजवंशीको अनुबन्धले बलियो देखिएको छ। फरवार्ड आयुष घलान समेत राम्रो लयमा देखिएका छन्।

दशरथ रंगशालामा दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन्। धनगढीले अहिलेसम्म खेलको दुबैमा जित हासिल गरेको छ। धनगढीले दुबै खेलमा खेलको अन्त्यतिर गोल गर्दै जित निकालेको छ। वीरगन्ज युनाइटेड एफसी विरुद्ध २-१ को जित निकाल्ने क्रममा अहमद हिजाजीले ९०औं मिनेटमा गोल गरेका थिए भने बुटवल लुम्बिनी विरुद्धको जितमा अफिज ओलावालेले इन्जुरी समयमा गोल गर्दै जित निकालेका थिए।

ललितपुर भने यस संस्करणको उपाधि दाबेदार मानिएको टोली हो। पोखरा सँग दुई महत्वपूर्ण खेलाडी – सनिश श्रेष्ठ र पापा केबेलाई पहिलो हाफमा नै इन्जुरीका कारण गुमाएको ललितपुरलाई गोल गर्न कठिन भएको थियो। युरोपियन लिगहरुको अनुभव गरिसकेका इमोह इजिकिएल विंगर भएपनि केबेको इन्जुरीका कारण स्ट्राइकर खेलेका कारण खासै प्रभावशाली देखिएका थिएनन्।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बुटवल लुम्बिनी विरुद्ध जित निकालेको लाखे टोलीले आज सोही प्रदर्शन दोहोर्याउने प्रयासमा हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2023
Website | + posts