प्रधानमन्त्रीको दुबईको भ्रमणले नेपालले लाभ लिने परिस्थिति सिर्जना होस्: राष्ट्रपति

प्रधानमन्त्रीको दुबईको भ्रमणले नेपालले लाभ लिने परिस्थिति सिर्जना होस्: राष्ट्रपति : Icon Khabar

काठमाडौँ, मंसिर १३ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

Published Date: 29 November 2023
ताजा
खेलमा फर्कियो स्विजरल्याण्ड, अर्जेन्टिनासँग १–१ को रोमाञ्चक बराबरी
आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
देशभर मनसुन सक्रिय: आज र राति विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
दिक्षा (गौरी) हाडा फाउन्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १६५ जना लाभान्वित


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण