प्रधानमन्त्रीको दुबईको भ्रमणले नेपालले लाभ लिने परिस्थिति सिर्जना होस्: राष्ट्रपति

प्रधानमन्त्रीको दुबईको भ्रमणले नेपालले लाभ लिने परिस्थिति सिर्जना होस्: राष्ट्रपति : Icon Khabar

काठमाडौँ, मंसिर १३ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो