एसियाली कराते महासंघ रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरू

एसियाली कराते महासंघ रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरू : Icon Khabar

काठमाडौँ, मंसिर १३ । नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरु भएको छ ।

सेमिनारमा नेपाल, बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहेको मिडिया संयोजक एवं आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रवि महर्जनले जनाएका छन् ।

सेमिनारमा नेपालबाट ८०, बंगलादेशबाट २६, पाकिस्तानबाट १, भारतबाट ४० र श्रीलंकाबाट ११ जना सहभागी छन् । सेमिनार एकेएफअन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ तथा सदस्य अस्कर र जाबर तथा नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौवडेलले सञ्चालन गरिरहेका छन् ।

नेपाल कराते महासंघले आयोजना गर्ने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पूर्व सन्ध्यामा सेमिनार आयोजना गरिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु हुँदै छ । गोदावरीको भ्यु भृकुटिमा भइरहेको सेमिनार बिहीबार सम्पन्न हुनेछ ।

Published Date: 29 November 2023


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड