एसियाली कराते महासंघ रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरू

एसियाली कराते महासंघ रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरू : Icon Khabar

काठमाडौँ, मंसिर १३ । नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरु भएको छ ।

सेमिनारमा नेपाल, बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहेको मिडिया संयोजक एवं आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रवि महर्जनले जनाएका छन् ।

सेमिनारमा नेपालबाट ८०, बंगलादेशबाट २६, पाकिस्तानबाट १, भारतबाट ४० र श्रीलंकाबाट ११ जना सहभागी छन् । सेमिनार एकेएफअन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ तथा सदस्य अस्कर र जाबर तथा नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौवडेलले सञ्चालन गरिरहेका छन् ।

नेपाल कराते महासंघले आयोजना गर्ने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पूर्व सन्ध्यामा सेमिनार आयोजना गरिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु हुँदै छ । गोदावरीको भ्यु भृकुटिमा भइरहेको सेमिनार बिहीबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने