बुधबार नेप्से परिसूचक १७.९३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १७.९३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर १३ । बुधबार नेप्से परिसूचक १७.९३ अंक घटेर १८७६.६० विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको शेयर कारोबार भएको बजारमा आज २८५ स्टकको २९ हजार ८८३ पटकको कारोबारमा १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको २२ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी आज एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।

आज १३ उपसमूहको मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। आज अन्य उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts