बुधबार नेप्से परिसूचक १७.९३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १७.९३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर १३ । बुधबार नेप्से परिसूचक १७.९३ अंक घटेर १८७६.६० विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको शेयर कारोबार भएको बजारमा आज २८५ स्टकको २९ हजार ८८३ पटकको कारोबारमा १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको २२ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी आज एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।

आज १३ उपसमूहको मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। आज अन्य उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 29 November 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली