भोलि काठमाडौंका विभिन्न क्षेत्रमा बत्ती निभ्ने (सूची सहित)

भोलि काठमाडौंका विभिन्न क्षेत्रमा बत्ती निभ्ने (सूची सहित) : Icon Khabar

काठमाडौं, मंसिर १३ । बिहीबार (मंसिर १४ गते) काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकू-स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

प्राधिकरणका अनुसार कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग र काराखुशीमा विद्युत आपूर्ति बन्द हुनेछ ।

त्यस्तै, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts




ताजा
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने
शिक्षा मन्त्रालयको काम अब सिंहदरबारबाटै हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने