भोलि काठमाडौंका विभिन्न क्षेत्रमा बत्ती निभ्ने (सूची सहित)

भोलि काठमाडौंका विभिन्न क्षेत्रमा बत्ती निभ्ने (सूची सहित) : Icon Khabar

काठमाडौं, मंसिर १३ । बिहीबार (मंसिर १४ गते) काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकू-स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

प्राधिकरणका अनुसार कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग र काराखुशीमा विद्युत आपूर्ति बन्द हुनेछ ।

त्यस्तै, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने जनाएको छ ।

Published Date: 29 November 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग