धितोपत्र बोर्डले तिरायो ८८ कम्पनीलाई ५० हजार देखि १ लाख जरिवाना

धितोपत्र बोर्डले तिरायो ८८ कम्पनीलाई ५० हजार देखि १ लाख जरिवाना : Icon Khabar

काठमाडौँ, मंसिर १३ । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको हो ।

कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । ती कम्पनीलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यसैगरी, वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश जलविद्युत् र लघुवित्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने