धितोपत्र बोर्डले तिरायो ८८ कम्पनीलाई ५० हजार देखि १ लाख जरिवाना

धितोपत्र बोर्डले तिरायो ८८ कम्पनीलाई ५० हजार देखि १ लाख जरिवाना : Icon Khabar

काठमाडौँ, मंसिर १३ । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको हो ।

कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । ती कम्पनीलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यसैगरी, वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश जलविद्युत् र लघुवित्त छन् ।

Published Date: 29 November 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग