रुकुम पश्चिम भुकम्प: त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु

रुकुम पश्चिम भुकम्प: त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु : Icon Khabar

रुकुमपश्चिम, मंसिर १३ । रुकुम पश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।

आठविसकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको हो । त्रिपालमुनि बस्दै आउनुभएका स्थानीय ६८ वर्षीय टिकु जैसी र खली जैसीको मृत्यु भएको वडा अध्यक्ष पुनले जानकारी दिए । टिकुको मंसिर १० गते र खलीको १२ गते मृत्यु भएको हो ।

त्यसै गरी सोही नगरपालिका वडा नम्बर ११ मा तीन जनाको मृत्यु भएको छ । कात्तिक ३० गते ७० वर्षीय दत्ते पुन, मंसिर ५ गते ८० बर्सिया पद्मी ओली र मंसिर ११ गते ७५ वर्षीय नौले पुन मगरको मृत्यु भएको हो ।

सानी भेरी गाउँपालिकामा पनि चिसोको कारण एक जनाको मृत्यु भएको छ । सानी भेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको मङ्सिर १० गते मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए । भूकम्पले घर बस्न नमिल्ने गरी उहाँहरू त्रिपालमा बस्दै आएका थिए।

मृतक ज्येष्ठ नागरिकहरू दीर्घ रोगी रहेको समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने