रुकुम पश्चिम भुकम्प: त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु

रुकुम पश्चिम भुकम्प: त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु : Icon Khabar

रुकुमपश्चिम, मंसिर १३ । रुकुम पश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।

आठविसकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको हो । त्रिपालमुनि बस्दै आउनुभएका स्थानीय ६८ वर्षीय टिकु जैसी र खली जैसीको मृत्यु भएको वडा अध्यक्ष पुनले जानकारी दिए । टिकुको मंसिर १० गते र खलीको १२ गते मृत्यु भएको हो ।

त्यसै गरी सोही नगरपालिका वडा नम्बर ११ मा तीन जनाको मृत्यु भएको छ । कात्तिक ३० गते ७० वर्षीय दत्ते पुन, मंसिर ५ गते ८० बर्सिया पद्मी ओली र मंसिर ११ गते ७५ वर्षीय नौले पुन मगरको मृत्यु भएको हो ।

सानी भेरी गाउँपालिकामा पनि चिसोको कारण एक जनाको मृत्यु भएको छ । सानी भेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको मङ्सिर १० गते मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए । भूकम्पले घर बस्न नमिल्ने गरी उहाँहरू त्रिपालमा बस्दै आएका थिए।

मृतक ज्येष्ठ नागरिकहरू दीर्घ रोगी रहेको समेत बताइएको छ ।

Published Date: 29 November 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु