कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल आज दुबई जाँदै

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल आज दुबई जाँदै : Icon Khabar

काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युएइको दुबई प्रस्थान गर्दै छन्।

कोप-२८ सम्मेलन भोलिदेखि २६ गतेसम्म दुबईमा आयोजना हुँदैछ। प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८-विश्व जलवायु कार्य शिखर सम्मेलनको उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनले आगामी १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ ?’ कार्यक्रम आयोजना गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औं संघीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ। सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ताहरु पनि गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी मंसिर १७ गते स्वदेश फर्किने छन्।

Published Date: 29 November 2023


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी