सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने

सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने : Icon Khabar

काठमाडौँ, मंसिर १० । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो।

आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ। यसका लागि अर्थ मन्त्रालयको संयोजनामा निर्देशन समिति बनेको छ भने थप विभिन्न समिति बनेका छन्।

निर्देशन समितिको आइतबार पहिलो बैठक बसेको छ। लगानी सम्मेलनको तयारी, विगतका कमजोरी सच्याउने र त्यस अनुभवबाट पाठ सिक्ने र सम्मेलनमा सहभागीहरूमा कस्ता प्रस्ताव लैजाने भन्ने विषय बैठकमा छलफल भएको छ।

सम्मेलनामा नेपाली, वैदेशिक लगानीकर्ता र गैरआवासीय लगानीकर्ताहरूको सहभागिता रहनेछ।

Published Date: 26 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी