राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहित सात प्रदेशका सभामुख र उपसभामुख आज राति अस्ट्रेलिया जाँदै

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहित सात प्रदेशका सभामुख र उपसभामुख आज राति अस्ट्रेलिया जाँदै : Icon Khabar

काठमाडौं, मंसिर १० । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राति अस्ट्रेलिया जाँदैछन्।

वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल अस्ट्रेलिया जान लागेका हुन्।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजना अन्तर्गत अध्ययन भ्रमण हुन लागेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए।

युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबिच समझदारी भएर सङ्घीय संसद् र प्रदेश सभामा संसद् सहयोग परियोजना सञ्चालित छ।
प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद् र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदमा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम तय भएको छ।

प्रतिनिधि मण्डलमा अध्यक्ष तिमिल्सिना, सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभाका उपसभामुख बबिता कुमारी राउत ईशर, बागमती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईँ खत्री र लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी छन्।

यस्तै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, सङ्घीय संसद् सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र सम्माननीय अध्यक्षज्यूको स्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधिमण्डलमा समावेश छन्।

भ्रमण सम्पन्न गरी अध्यक्ष मंसिर १८ गते र प्रतिनिधिमण्डलका अन्य सदस्य मंसिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।

Published Date: 26 November 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता