आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर ११ । आज २०८० मंसिर ११ गते सोमबार, तद्अनुसार २१ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल पूर्णिमा, शिव बव कृत्तिका ।

आजको राशिफल

मेष: सम्पत्ति सम्बन्धि कार्यले लाभ दिने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । सम्मान तथा कीर्तिमा वृद्धि हुनेछ ।

वृष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ । पारिवारिक जिम्मेवारीमा पूर्ण ध्यान दिनु होला ।

मिथुन: स्वास्थ्यमा ध्यान दिनु होला । दौडधूप बढ्ने छ । धनलाभ हुने सम्भावना छ ।

कर्कट: मेहनतको फल पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । प्रतिष्ठा बढ्ने छ ।

सिंह: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । प्रसन्नता रहने छ ।

कन्या: यात्रा, लगानी तथा जागिर मनोनुकूल रहने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । दिनचर्या नियमित रहने छ ।

तुला: क्रोधमा नियन्त्रयण राख्नु होला । अरुमाथि अतिविश्वास नगर्नु होला । आर्थिक स्थिति राम्रो रहने छ ।

वृश्चिक: यात्रा सफल रहने छ । प्रसन्नता रहने छ । व्यवहार–कुशलताले समस्याको समाधान सम्भव छ ।

धनु: योजना फलीभूत हुनेछ । धन प्राप्ति सुगम हुनेछ । अधुरा कार्य पुरा हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा मधुरता आउने छ ।

मकर: धर्म–कर्ममा रुचि रहने छ । सत्सङको लाभ पाइने छ । प्रसन्नता रहने छ ।

कुम्भ: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । व्यापार लाभप्रद रहने छ । पारिवारिक जीवन सुखद रहने छ ।

मीन: प्रेम–प्रसंगमा सफलता मिल्ने छ । प्रसन्नता रहने छ । प्रयत्न तथा दूरदर्शिताका कारण सहयोग तथा समर्थन पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 November 2023
Website | + posts