रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीमा सुरु हुँदै

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीमा सुरु हुँदै : Icon Khabar

काठमाडौं, मंसिर १० । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलिदेखि मधेस प्रदेशको महोत्तरीमा सुरु हुँदैछ । महोत्तरीको जलेश्वरमा सुरु भई मंसिर १३ गतेसम्म चल्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा प्रदेश अध्यक्षसमेत सहभागी हुने पार्टीले जनाएको छ ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेश र पार्टीको आर्थिक प्रतिवेदनका सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गरिने छ ।

त्यसैगरी सांसदहरुको समीक्षा र संसदीय काम, महाधिवेशन पद्धति र पार्टीको समग्र राजनीतिक मार्गचित्र र अवलम्बन गरिने नीतिका विषयमा पनि छलफल र आवश्यक निर्णय हुने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 November 2023
Website | + posts