पाकिस्तानको कराँचीमा रहेको सपिङ मलमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको कराँचीमा रहेको सपिङ मलमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, मंसिर १० । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिवार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए । बढी जलेको कारण तीन जनाको अवस्था गम्भीर छ ।

दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएका छन् ।

Published Date: 26 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग