काठमाडौं, मंसिर १० । साताको पहिलो दिन सुनको भाउ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १६ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।
Published Date: 26 November 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1