भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको १९ औं बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको १९ औं बार्षिक साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर १० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको १९ औं बार्षिक साधारण सभा शनिबार भक्तपुर बैंक्वेट, भक्तपुरमा सम्पन्न भयो ।

सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सभाको उद्घाट्न गर्दै राज्य संघीयतामा गई सकेपछि केन्द्रीकृत नीति नियम लादनु हुदैंन अझ सहकारीमा एक गाउँको आवश्यकता अर्को गाउँसँग फरक हुने भएकोले केन्द्रीकृत नीतिले काम नगर्ने विचार व्यक्त गरे ।

सहकारी बैंक वित्तीय संस्था भन्दा पृथक हुुनुपर्नेमा जोड दिदैँ उनले सहकारी धनी वर्गलाई होइन, किसान न्यून आय भएका वर्गको उत्थानको लागि हुनुपर्ने कुरा बताए । सहकारीमा नाफा घाटाको भन्दा पनि सदस्यको जीवन परिवर्तनका लागि कार्य गर्नुपर्छ । यसको लागि सहकारीले उत्पादनमुलक उद्योग, कृषि, उपभोक्ता पसल, रोजगारी सिर्जना लगायतको क्षेत्रमा ध्यानदिनुपर्ने कुरा उनले बताए ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य टेक प्रसाद चौलागाईले सदस्यले संस्था र संस्थाले सदस्यलाई चिन्न नसक्दा हालको समस्या सिर्जना भएको बताए । उनले समस्यालाई अवसरको रुपमा लिई संघ संस्थालाई बलियो बनाउन सहकारी अभियान एकमत हुनुपर्ने कुरा बताए ।

नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारीका योगदानहरु संस्थागत हुन नसक्दा सहकारी अभियानका ऐजेन्डाहरु छाँयामा परेको बताए । सहकारीको दिशा स्पष्ट हुँदा हुदैँ पनि भ्रमित गर्ने कार्य भइरहेकोछ । यस्ता भ्रम चिर्न र सहकारी अभियानलाई मजबुद गर्न उनले सहकारी संघ संस्थाहरुको संजाल व्यवस्थापन अपरिहार्य रहेको बताए । उनले सहकारीको बचत सुरक्षा गर्न, अभियानलाई बचाउन स्थिरीकरण कोषको आवश्यकता औल्याए।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव प्रसाद सापकोटाले सहकारीमा देखिएका समस्या तुलनात्मक रुपमा भक्तपुरमा कम रहेको र संघले सदस्य संस्थालाई सुशासनमा राख्न सक्षम रहेको बताए । उनले सहकारी संस्थाका समस्याहरु समाधान गर्न अनुगमनलाई जोड दिनुपर्ने विचार राखे।

संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले संघले हालको परिस्थितिमा पनि आर्थिक प्रगति गर्न सकेकोमा खुशी व्यक्त गर्दै सहकारी संस्थामा देखिएका विकृतिहरुको दिर्घकालीन समाधानका लागि संघहरु लाग्नुपर्ने विचार व्यक्त गरे ।

सभाको सभापतित्व गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा लोभी बचतकर्ता, कमजोर नियमन र कमजोर सहकारी अभियानका कारण सहकारी क्षेत्रमा संकट देखिएको बताए । सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरु तत्काल कार्यान्वयनमा ल्याई सदस्यको बचत सुरक्षा गर्नुपर्ने कुरा उनले बताए ।

संघहरुले सहकारीका सिद्धान्त, ऐन नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर मात्र सदस्यता प्रदान गरेमा अभियान शुद्धिकरण हुने बताए । संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य दिदैं सहकारीमा सुशासनको पालना संघहरुबाटै शुरु गर्नुपर्ने विचार राखे।

सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७९।८० को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांष प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गरे । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७९।८० को वित्तीय प्रगति प्रतिवेदन पेश गरे।

सभाबाट आ.व.२०७९।८० मा २ अर्व २२ करोड ७४ लाख ३९ हजारको वासलात र ३ करोड ४० लाख ५३ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो । साथै आगामी आ.व.२०८०।८१ मा संघको वासलात २ अर्व ४५ करोड ५ लाखको बजेट पारित गरेको छ । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७९।८० को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गरेका थिए।

उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि., संगम बचत तथा ऋण सहकारी संस्था लि. र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई संरक्षित पुँजी फिर्ता रकम सहित प्रशंसा पत्र वितरण समेत गरिएको थियो ।

सभामा संघमा आबद्ध २०२ वटा संस्थाहरुबाट १६१ जना प्रतिनिधि, ८ जना अतिथि, १६ जना पर्यवक्षक र ९ जना कर्मचारी गरीे जम्मा १९४ जनाको उपस्थिति रहेको थियो । सभाको संचालन संघका संचालक काजी बहादुर पञ्चले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
Published Date: 26 November 2023
Website | + posts