बज्राचार्य क्लबको सातौं बार्षिक साधारण सभा तथा चौथौं अधिवेशन सम्पन्न

बज्राचार्य क्लबको सातौं बार्षिक साधारण सभा तथा चौथौं अधिवेशन सम्पन्न : Icon Khabar

काठमाडौँ, मंसिर १० । शनिबार बज्राचार्य क्लबको सातौं बार्षिक साधारण सभा तथा चौथौं अधिवेशन सम्पन्न भएको छ। काठमाडाैंकाे नेपाल भाषा मंका खल भवनको सभा कक्षमा उक्त कार्यक्रम समापन हुँदै सर्बसमतमा नयाँ कार्यसमिती चयन गरेको हो।

उच्च अदालतकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यजको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। सो क्लबद्वारा नेवा देय् दबु भवन निर्माण कोषमा एक लाख एक हजार एक सय एक रुपैयाँ दबुका केन्द्रिय अध्यक्ष पबित्र बज्राचार्यलाई हस्तान्तरण गरिएको थियो।

क्लबद्वारा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, नेपाल प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्य लगायत व्यक्तित्वहरु लाई सम्मान गरिएको थियो।

सर्जु बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। उपाध्यक्षमा सृजन बज्राचार्य, महासचिवमा अल्बर्ट बज्राचार्य, सचिवमा श्रद्वा बज्राचार्य, कोषाध्यक्षमा मोनिश मानन्द बज्राचार्य, सह कोषाध्यक्षमा कुसल बज्राचार्य साथै कार्यसमिति सदस्यहरुमा क्रमश: सजन बज्राचार्य, बिजय राज बज्राचार्य, स्नेहा बज्राचार्य, आकाश बज्राचार्य र श्रीजा बज्राचार्य सर्वसम्मतिले चयन भएका छन्।

बज्राचार्य क्लबका संस्थापक अध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद शैलेन्द्रमान बज्राचार्यद्वारा नव निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो।

कार्यक्रममा कल्बका वरिष्ठ सल्लाहकारहरु तथा सदस्यहरुकाे उल्लेखनिय उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन अन्जु बज्राचार्यले गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 November 2023
Website | + posts