विपिन जोशी गाजा क्षेत्रमा सकुशल

विपिन जोशी गाजा क्षेत्रमा सकुशल : Icon Khabar

काठमाडौँ,  मंसिर ४ । इजरायलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ ।

परराष्ट्र मन्त्रीको सचिवालयले विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो । सचिवालय स्रोतले भन्यो ‘उनी सुरक्षित रहेको पुष्टि भएको छ । अब सुरक्षित रुपमा घर फर्काउने प्रयास भइरहेको छ ।’

हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । केही दिनअघि मात्रै विपिनको परिवारले, उनको खोजी र सकुसल उद्दारका लागि पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 November 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने