उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन : Icon Khabar

काठमाडौँ,  मंसिर ४ । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिँदै छ । चतुर्थीदेखि शुरु भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

काठमाडौँको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खु लगायतका स्थानमा व्रतालुहरुले निर्माण गरिएको छठ घाटमा आईतवार जागा भइ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । साथै आज जनकपुरधाम, वीरगञ्ज लगायत तराईका विभिन्न स्थानमा उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको समापन गरिएको छ ।

व्रतालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य नारायणलाई अर्घ्य दिने गर्दछन् ।

अर्घ्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

Published Date: 20 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी