टिकटक प्रतिबन्धबिरुद्धको रिटमा आजबाट सुनवाइ

टिकटक प्रतिबन्धबिरुद्धको रिटमा आजबाट सुनवाइ : Icon Khabar

काठमाडौँ,  मंसिर ४ । टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज (सोमबार) बाट सुनवाइ हुने भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेसी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिटमाथि आजबाट सुनवाइ हुन लागेको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन अर्थात मंसिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेसी तोकिएको अदालतले जानकारी दिएको थियो ।

शनिबार तथा आइतबार छठ पूजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेसी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

Published Date: 20 November 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु