विश्वकप जित्न भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप जित्न भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ,  मंसिर ३ । घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा उपाधि जित्न अष्ट्रेलियालाई २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भयो ।

भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे ।

कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछी खेलमा संघर्ष गरेको थियो ।

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।

स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए ।

त्यसपछि कुनै पनि भारतिय ब्याटरले राम्रो गर्न सकेनन् । भारतले १० ओभरपछी अर्को बाउन्डी ९७ बल पछी प्रहार गरेको थियो ।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए ।
चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेका थिए ।

प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो ।

रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु