मिस युनिभर्सको उपाधि सेनिसलाई, नेपाल अन्तिम २० मा सीमित

मिस युनिभर्सको उपाधि सेनिसलाई, नेपाल अन्तिम २० मा सीमित : Icon Khabar

काठमाडौँ,  मंसिर ३ । यस वर्षको ‘मिस युनिभर्स–२०२३’ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीलाई पछि पार्दै २३ वर्षीया पलासियोसले ७२ औं मिस युनिभर्सको उपाधि चुमेकी हुन् ।

दक्षिण अमेरिकी मुलुक निकारागुआका लागि मिस युनिभर्स टाइटल पहिलो पटक हो । त्यस्तै थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन् । नेपालको यात्रा भने अन्तिम २० मा पुगेर टुङ्गिएको छ । मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’ को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुले पनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् ।

दीपिका अन्तिम २० मा छनोट भए पनि अन्तिम १० मा पुग्न सकिनन् । सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएका थिएनन् । ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाका हेडmाइन बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न