क्रिकेटरसँग विवाह गर्ने बलिउड अभिनेत्रीहरु

क्रिकेटरसँग विवाह गर्ने बलिउड अभिनेत्रीहरु : Icon Khabar

मुम्बई, मंसिर ३ । बलिउडको ग्ल्यामर र क्रिकेटको सम्बन्ध निकै पुरानो छ । पार्टी-इभेन्टमा प्राय:अभिनेत्री र क्रिकेटरको भेटघाट हुन्छ । उक्त भेटघाट कहिलेकाहिँ राम्रो मित्रता अथवा प्रेममा परिवर्तन हुन्छ ।

त्यस्ता केहि अभिनेत्रीहरू छन् , जसले क्रिकेटरलाई प्रेमी बनाए र पछि उनलाई आफ्ना श्रीमान् बनाए ।

विराट कोहली र अनुष्का शर्मा
विराट कोहली र अनुष्का शर्माको प्रेम सम्बन्ध हरेक दिन सामाजिक सञ्जालमा चर्चाको विषय बन्थ्यो । विराट र अनुष्का पहिलो पटक एउटा विज्ञापनको शूटिङको क्रममा भेट भएको थियो । त्यसपछि उनीहरुबीच मित्रता भयो र पछि प्रेम । दुवैले लामो प्रेम सम्बन्धपछि सन् २०१८ मा वैवाहिक गठबन्धनमा बाँधिए ।

हरभजन सिंह र गीता बसरा
द ट्रेन र दिल दिया जस्ता फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री गीता बसराले सन् २०१५ मा क्रिकेटर हरभजन सिंहसंग विवाह गरिन् ।

केएल राहुल र अथिया शेट्टी
सुनील शेट्टीकी छोरी तथा अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुलको लामो प्रेम सम्बन्धपछि २०२३ मा लगनगाँठो कसेका हुन् ।

हार्दिक पाण्ड्या र नताशा स्टेनकोभिक
‘सत्याग्रह’ फिल्ममा अभिनय गरेकी नताशा स्टेनकोभिकले पनि क्रिकेटर हार्दिक पाण्ड्यासंगकोे प्रेम सम्बन्धपछि आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।

जहीर खान र सागरिका घाटगे
चक दे इन्डियासहितका फिल्ममा काम गरिसकेकी सागरिका घाटगेले सन् २०१७ मा प्रख्यात क्रिकेटर जहीर खानसंग विवाह गरेकी हुन् ।

युवराज सिंह र हेजल कीच
युवराज सिंह र हेजल कीच पहिलो पटक सन् २०११ मा एक जना साथीको बर्थडे पार्टीमा भेटेका थिए । त्यसपछि उनीहरुको भेटघाट बाक्लिँदै गयो र केहि समयपछि युवराज र हेजलले विवाह गरे ।

मंसूर अली खान पटौदी र शर्मिला ट्यागोर
अभिनेत्री शर्मिला ट्यागोरले क्रिकेटर मंसूर अली खानसंग विवाह गरेकी थिइन् । दुवैले विवाह अगाडि लामो समय एक-अर्कालाई डेट गरेका थिए । सन् १९६८ मा दुवैले विवाह गरेका हुन् ।

संगीता विजलानी र मोहम्मद अजहरुद्दीन
९० दशककी लोकप्रिय अभिनेत्री संगीता बिजलानीले इन्डियन क्रिकेटर मोहम्मद अजहरुद्दीनसंग १९९६ मा विवाह गरेकी थिइन् । यद्यपि यो जोडि सन् २०१० मा अलग भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न