क्रिकेटरसँग विवाह गर्ने बलिउड अभिनेत्रीहरु

क्रिकेटरसँग विवाह गर्ने बलिउड अभिनेत्रीहरु : Icon Khabar

मुम्बई, मंसिर ३ । बलिउडको ग्ल्यामर र क्रिकेटको सम्बन्ध निकै पुरानो छ । पार्टी-इभेन्टमा प्राय:अभिनेत्री र क्रिकेटरको भेटघाट हुन्छ । उक्त भेटघाट कहिलेकाहिँ राम्रो मित्रता अथवा प्रेममा परिवर्तन हुन्छ ।

त्यस्ता केहि अभिनेत्रीहरू छन् , जसले क्रिकेटरलाई प्रेमी बनाए र पछि उनलाई आफ्ना श्रीमान् बनाए ।

विराट कोहली र अनुष्का शर्मा
विराट कोहली र अनुष्का शर्माको प्रेम सम्बन्ध हरेक दिन सामाजिक सञ्जालमा चर्चाको विषय बन्थ्यो । विराट र अनुष्का पहिलो पटक एउटा विज्ञापनको शूटिङको क्रममा भेट भएको थियो । त्यसपछि उनीहरुबीच मित्रता भयो र पछि प्रेम । दुवैले लामो प्रेम सम्बन्धपछि सन् २०१८ मा वैवाहिक गठबन्धनमा बाँधिए ।

हरभजन सिंह र गीता बसरा
द ट्रेन र दिल दिया जस्ता फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री गीता बसराले सन् २०१५ मा क्रिकेटर हरभजन सिंहसंग विवाह गरिन् ।

केएल राहुल र अथिया शेट्टी
सुनील शेट्टीकी छोरी तथा अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुलको लामो प्रेम सम्बन्धपछि २०२३ मा लगनगाँठो कसेका हुन् ।

हार्दिक पाण्ड्या र नताशा स्टेनकोभिक
‘सत्याग्रह’ फिल्ममा अभिनय गरेकी नताशा स्टेनकोभिकले पनि क्रिकेटर हार्दिक पाण्ड्यासंगकोे प्रेम सम्बन्धपछि आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।

जहीर खान र सागरिका घाटगे
चक दे इन्डियासहितका फिल्ममा काम गरिसकेकी सागरिका घाटगेले सन् २०१७ मा प्रख्यात क्रिकेटर जहीर खानसंग विवाह गरेकी हुन् ।

युवराज सिंह र हेजल कीच
युवराज सिंह र हेजल कीच पहिलो पटक सन् २०११ मा एक जना साथीको बर्थडे पार्टीमा भेटेका थिए । त्यसपछि उनीहरुको भेटघाट बाक्लिँदै गयो र केहि समयपछि युवराज र हेजलले विवाह गरे ।

मंसूर अली खान पटौदी र शर्मिला ट्यागोर
अभिनेत्री शर्मिला ट्यागोरले क्रिकेटर मंसूर अली खानसंग विवाह गरेकी थिइन् । दुवैले विवाह अगाडि लामो समय एक-अर्कालाई डेट गरेका थिए । सन् १९६८ मा दुवैले विवाह गरेका हुन् ।

संगीता विजलानी र मोहम्मद अजहरुद्दीन
९० दशककी लोकप्रिय अभिनेत्री संगीता बिजलानीले इन्डियन क्रिकेटर मोहम्मद अजहरुद्दीनसंग १९९६ मा विवाह गरेकी थिइन् । यद्यपि यो जोडि सन् २०१० मा अलग भयो ।

Published Date: 19 November 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न