राष्ट्रपतिद्वारा काठमाडौँमा निर्माण गरिएको छठ पूजास्थलमा पूजा आराधना

राष्ट्रपतिद्वारा काठमाडौँमा निर्माण गरिएको छठ पूजास्थलमा पूजा आराधना : Icon Khabar

काठमाडौं, मंसिर ३ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्।

पूजास्थलमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका हुन्।

राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्नुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान सङ्गत, छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गरेका थिए।

उनी कमलपोखरीको पूजास्थल पुग्दा प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका वडाध्यक्ष, छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न