माल्दिभ्सले भारतलाई भन्यो, “भारतीय सैनिक फिर्ता लैजाउ”

माल्दिभ्सले भारतलाई भन्यो, “भारतीय सैनिक फिर्ता लैजाउ” : Icon Khabar

काठमाडौँ, मंसिर ३ । माल्दिभ्सले भारतलाई आफ्नो देशभित्र रहेको भारतीय सैनिक फिर्ता लैजान औपचारिक रुपमा भनेको छ । राष्ट्रपतिको शपथग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भनेका हुन् ।

माल्दिभ्सको राष्ट्रपति कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा भारतका अर्थ साइन्समन्त्री किरेन रिजिजुसँगको भेटमा राष्ट्रपति मुइज्जूले भारतलाई आफ्नो सेना फिर्ता लैजान भनेको उल्लेख छ ।

भारतीय मन्त्री रिजिजु शुक्रबार भएको शपथग्रहण समारोहमा सहभागी हुन माले पुगेका थिए । मन्त्री रिजिजुले शनिबार राष्ट्रपति मुइज्जूसँग भेट गरेका थिए । माल्दिभ्स राष्ट्रपति कार्यालयले भेटमा भारतीय सैनिक फिर्ताको विषय भनेको जनाए पनि भारतीय पक्ष भने चुप बसेको छ ।

राष्ट्रपति मुइज्जूसँग मन्त्री रिजिजुले एक्समा लेख्दै आफूले प्रधानमन्त्री नरेन्द्र मोदीको अभिवादन दिएको र यथार्थको द्वीपक्षीय सम्बन्धलाई थप सशक्त बनाउन र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिएको बताएका छन् । त्यसमा भारतीय सैनिकको विषयमा केही भनिएको छैन ।

राजधानी मालेका पूर्वमेयर मुइज्जूले गत महिना भएको राष्ट्रपति निर्वाचनमा माल्दिभ्समा रहेको भारतीय सैनिकको फिर्तीको विषयलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । उनले ‘इन्डिया आउट’ नारा दिँदै चुनाव जितेका हुन् । उनले तत्कालीन राष्ट्रपति इब्राहिम सोलिहलाई स्पष्ट अन्तरको साथ पराजित गरेका थिए । इब्राहिमको दिल्लीसँग निकट सम्बन्ध रहँदै आएको छ ।

शपथग्रहणअघि प्रसारित मुइज्जूको अन्तर्वार्तामा माल्दिभ्सका जनताले भोटमार्फत् भारतीय सैनिक फिर्तीको विषयलाई आफ्नो धारणा स्पष्ट पारेको बताएका थिए । उनले आफूले एक सय दिनमा गर्ने भनेको काममा महत्त्वपूर्ण कामहरुमध्येमा भारतीय सैनिक फिर्ता पनि पर्ने बताएका छन् ।

Published Date: 19 November 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर