माल्दिभ्सले भारतलाई भन्यो, “भारतीय सैनिक फिर्ता लैजाउ”

माल्दिभ्सले भारतलाई भन्यो, “भारतीय सैनिक फिर्ता लैजाउ” : Icon Khabar

काठमाडौँ, मंसिर ३ । माल्दिभ्सले भारतलाई आफ्नो देशभित्र रहेको भारतीय सैनिक फिर्ता लैजान औपचारिक रुपमा भनेको छ । राष्ट्रपतिको शपथग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भनेका हुन् ।

माल्दिभ्सको राष्ट्रपति कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा भारतका अर्थ साइन्समन्त्री किरेन रिजिजुसँगको भेटमा राष्ट्रपति मुइज्जूले भारतलाई आफ्नो सेना फिर्ता लैजान भनेको उल्लेख छ ।

भारतीय मन्त्री रिजिजु शुक्रबार भएको शपथग्रहण समारोहमा सहभागी हुन माले पुगेका थिए । मन्त्री रिजिजुले शनिबार राष्ट्रपति मुइज्जूसँग भेट गरेका थिए । माल्दिभ्स राष्ट्रपति कार्यालयले भेटमा भारतीय सैनिक फिर्ताको विषय भनेको जनाए पनि भारतीय पक्ष भने चुप बसेको छ ।

राष्ट्रपति मुइज्जूसँग मन्त्री रिजिजुले एक्समा लेख्दै आफूले प्रधानमन्त्री नरेन्द्र मोदीको अभिवादन दिएको र यथार्थको द्वीपक्षीय सम्बन्धलाई थप सशक्त बनाउन र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिएको बताएका छन् । त्यसमा भारतीय सैनिकको विषयमा केही भनिएको छैन ।

राजधानी मालेका पूर्वमेयर मुइज्जूले गत महिना भएको राष्ट्रपति निर्वाचनमा माल्दिभ्समा रहेको भारतीय सैनिकको फिर्तीको विषयलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । उनले ‘इन्डिया आउट’ नारा दिँदै चुनाव जितेका हुन् । उनले तत्कालीन राष्ट्रपति इब्राहिम सोलिहलाई स्पष्ट अन्तरको साथ पराजित गरेका थिए । इब्राहिमको दिल्लीसँग निकट सम्बन्ध रहँदै आएको छ ।

शपथग्रहणअघि प्रसारित मुइज्जूको अन्तर्वार्तामा माल्दिभ्सका जनताले भोटमार्फत् भारतीय सैनिक फिर्तीको विषयलाई आफ्नो धारणा स्पष्ट पारेको बताएका थिए । उनले आफूले एक सय दिनमा गर्ने भनेको काममा महत्त्वपूर्ण कामहरुमध्येमा भारतीय सैनिक फिर्ता पनि पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न