दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला

दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला : Icon Khabar

काठमाडौँ, माघ २। पोखरामा आइतबार दुर्घटनामा परी ६८ जनाको ज्यान गएको यति एयरलाइन्सको एटीआर ७२ विमानको ब्ल्याक बक्स खोज तथा उद्धार टोलीले फेला पारेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ब्ल्याक बक्स फेला परेको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइसकेको र आजै काठमाडौंमा छानबिन टोलीलाई बुझाइने छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

यति एयरलाइन्सको उडान एनवाईटी ६९१ काठमाडौंबाट पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि नै आजसम्मकै सबैभन्दा खराब आन्तरिक हवाई दुर्घटनामा परेको छ ।

Published Date: 16 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय