दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला

दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला : Icon Khabar

काठमाडौँ, माघ २। पोखरामा आइतबार दुर्घटनामा परी ६८ जनाको ज्यान गएको यति एयरलाइन्सको एटीआर ७२ विमानको ब्ल्याक बक्स खोज तथा उद्धार टोलीले फेला पारेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ब्ल्याक बक्स फेला परेको जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइसकेको र आजै काठमाडौंमा छानबिन टोलीलाई बुझाइने छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

यति एयरलाइन्सको उडान एनवाईटी ६९१ काठमाडौंबाट पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि नै आजसम्मकै सबैभन्दा खराब आन्तरिक हवाई दुर्घटनामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने