नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक : Icon Khabar

काठमाण्डौँ, माघ २। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन्। सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचनाप्रविधिको विकाशक्रमसंग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्ता महानुभावहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान संचालनमा ल्याइएको हो ।

यस माघ महिना भरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानीगर्ने ग्राहकमहानुभावहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एक जना भाग्यशाली विजेतालाई भबचदगमक प्रदान गरिने छ । त्यसै गरि पहिलो पटक खल्तीको प्रयोग गरीबीमा शुल्कको नविकरण गर्ने सम्पूर्ण महानुभावहरुलाई रू १०० क्यास व्याक प्रदान गरिने कुरा समेत कम्पनीले जनाएको छ ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्य सम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागी विभिन्न भुक्तानी सेवाप्रदायकहरु ई(सेवा, खल्ती, फोन(पे, कनेक्ट आइ.पी.एस, आई एम ई(पे र प्रभु(पे संग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसीबसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नुहुन्छ । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार समेत सुरक्षित हुने विश्वास व्यक्त गरे। आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुभावहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु त्था ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवातथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Published Date: 16 January 2023








ताजा
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ