पूर्ण चन्द्र र राजुको जोडी सेमिफाईनलमा

पूर्ण चन्द्र र राजुको जोडी सेमिफाईनलमा : Icon Khabar

काठमाण्डौँ, माघ २। नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा किर्तिपुरका पूर्ण चन्द्र जोशी र राजु महर्जनको जोडी सेमिफाईनल प्रवेश गरेका छन् । उक्त जोडीले बुटवलका नारायण प्रसाद घिमिरे र बिष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६, २१–११ ले पराजित गर्दै सेमिफाईनल स्थान सुरक्षित गरे । यस्तै एनवाइसी का पूर्ण बुढाथोकी र कुमार राईको जोडीले ग्यालेक्सीका राजु भुजु र रमेश डङ्गोलको जोडीलाई २१–१८, १७–२१, २१–१८ ले, ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टनका दिल बहादुर कदङ्गवाको जोडीले एनवाईसीका कुल प्रसाद लिम्बु र मेघ राज लिम्बुको जोडीलाई २१–५, २१–८ ले तथा एपिएफका बल बहादुर लामिछाने र प्रेम कुमार श्रैष्ठको जोडीले कास्कीका रमेश भट्टचन र कमल थापाको जोडीलाई २१–१८, २१–१० ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन् ।

पुरुष डबल्स ३५ बर्ष माथिको स्पर्धामा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले विजयी सुरुवात गरे । उक्त जोडीले पिबिसीका सुनिल बाराही र ब्याडमिन्टन रिमिक्स क्लबका राजेन्द्र महर्जनको जोडीलाई २१–१०, २१–१९ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए । यस्तै नुवाकोटका चन्दन घले र सामाखुसीका टिका थापा मगरको जोडीले वाईबीसी का रविन्द्र श्रेष्ठ र सुरोज श्रेष्ठको जोडीलाई २१–१५, १६–२१, २१–१६ ले पराजित गरे ।

यस्तै अन्तिम १६ प्रवेश गर्ने क्रममा मानभवन ब्याडमिन्टन क्लबका आकाष छन्त्याल र न्यु बिएसका नारायण गौतमले तेजेन्द्र गुरुङ्ग र सुभाष उलकबाट वाकओभर, मध्यपुर ब्याडमिन्टन क्लबका दीपक खत्री र केशव कार्कीको जोडीले एमएससी का सुर्य बल र छत्र लामिछानेको जोडीलाई २१–१०, २१–११ ले, चितवनका विद्वान गुरुङ र किरण लामाको जोडीले इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्टस् क्लबका हरि दर्नाल र पद्दुपती श्रेष्ठको जोडीलाई २१–९, २१–५ ले, ब्याडमिन्टन रिमिक्स क्लबका शान्त डङ्गोल र दिपेश शाक्यको जोडीले एनवाईसीका जय राई र राकेश राईको जोडीलाई २१–१२, २१–१५ ले, दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडीले चन्द्रागिरी ब्याडमिन्टन क्लबका धर्म घिमिरे र बिपिन शाहको जोडीलाई २१–१४, २१–१४ले, ब्याडमिन्टन रिमिक्स क्लबका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीले बुद्धनगर ब्याडमिन्टन क्लबका एसआए दर्लामी र कुमार राईको जोडीलाई २१–१४, २१–६ ले, मानभवन ब्याडमिन्टन क्लबका उपेन्द्र गिरी र विभोर लामाको जोडीले दशरद बुढा र प्रदीप राईको जोडीलाई १६–२१, २१–१८, २१–१९ ले, एपिएफका धिरेन चन्द र इन्द्र महताको जोडीले स्वस्तीक स्पोर्टस् क्लबका  छत्र नायक र बिक्रम निरौलाको जोडीलाई २१–१७, २१–१७ ले, मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीले एनवाईसीका मुकेश राई र कुल श्रेष्ठको जोडीलाई २१–१८, २१–१४ ले, चितवनका राज कुमार गुरुङ र टोखाका दामोदर श्रेष्ठको जोडीले विकास राई र दिनेश राईको जोडीलाई २१–७, १८–२१, २१–१७ ले, थेचो ब्याडमिन्टन कलबका देभेश बस्नेत र प्रल्हाद के.सी.को जोडीले जीवन गुरुङ र सान बहादुर साम्बाको जोडीलाई १६–२१, २१–१४, २४–२२ ले, इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्टस्का डी. कुमार आचार्य र आर. घिमिरेको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज सापकोटा र सन्तोष श्रेष्ठको जोडीलाई २१–१९, १६–२१, २१–१५ ले पराजित गरे भने, पुलिसका बिष्णु कटुवाल र कास्कीका शम्भु कुमार श्रेष्ठको जोडीले कलंकीका राम आले मगर र रितेश राज श्रेष्ठको जोडीबाट वाक ओभर प्राप्त गरे ।

यस्तै पुरुष जोडी ४५ बर्ष सुनिल बज्राचार्य र भरत प्रसाद चौरसिया, एनएका सान बहादुर साम्बा र कमल थापा, एपिएफका धिरेन चन्द र चेत सिंह थापा, पाँचथरका गजेन्द्र बहादुर लिम्बु र नविन सिंह राई, देवीनगर ब्याडमिन्टन क्लबका दिल कार्की र चन्द्र कुवेर खापुङ्ग, एनवाइसीका चन्द्र श्याम डङ्गोल र जीवन कुमार राई, कैलालीका रामसरण के.सी. र हरि खत्री, नखिपोटका रमेश घले र जगन बहादुर सुनुवार, कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठ, प्रकास राई र कलयाण कुमार राना, गठ्ठाघर स्पोर्टस्का डेन लामा र राकेश थापा, पर्फेक्ट फिटनेश क्लबका राम प्रकाश प्रधान र सुमन श्रेष्ठ तथा सामाखुसीका प्रेम घले र टिका थापा मगरको जोडी ले अन्तिम १६ मा स्थान पक्का गरे ।

Published Date: 16 January 2023








ताजा
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ