देशभरको तापक्रम क्रमिक रूपमा घट्दै, आवश्यक सतर्कता अपनाउन मौसम विभागको आग्रह

देशभरको तापक्रम क्रमिक रूपमा घट्दै, आवश्यक सतर्कता अपनाउन मौसम विभागको आग्रह : Icon Khabar

काठमाडौँ, कार्तिक ३० । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहे पनि उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 November 2023
Website | + posts