भक्तपुरको दूधपाटीस्थित न:पुखुमा डुबेर एक जनाको मृत्यु

भक्तपुरको दूधपाटीस्थित न:पुखुमा डुबेर एक जनाको मृत्यु : Icon Khabar

भक्तपुर, कार्तिक २९ । भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं. ४ नासमाना बस्ने वर्ष ५३ को सुमन राजभण्डारी रहेका जिल्ला प्रहरी परिसर भक्तपुरमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

मंगलबार बेलुकी पोखरीमा मानिस डुबेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले राजभण्डारीलाई उद्धार गरेर भक्तपुर अस्पताल लगेको थियो ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पाठकले बताए ।

Published Date: 15 November 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु