आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, कार्तिक २९ । देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। विभागले राति कोसी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ।

बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 November 2023
Website | + posts