शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री (फोटो फिचर)

शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री  (फोटो फिचर) : Icon Khabar

थिमी,भक्तपुर। प्रधानमन्त्री प्रचण्डले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले  भक्तपुरको थिमीस्थित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् । उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरे ।

नेपाल संवतका ११४४ अवसरमा प्रधानमन्त्री प्रचण्डले भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर खाख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

को हुन् शंखधर साख्वा ?

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 November 2023
Website | + posts




ताजा
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)