बंगलादेशले बनाइएको पहिलो हरियो मल कारखाना सुरु

बंगलादेशले बनाइएको पहिलो हरियो मल कारखाना सुरु : Icon Khabar

काठमाडौं, कात्तिक २८ । बंगलादेशले बीआरआईअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को उद्घाटन गरेकी हुन्।

कारखानामा चाइना नेशनल केमिकल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कर्पोरेशन सेभेन लिमिटेडका करिव एक हजार चिनियाँ कर्मचारी छन् । (सीसीजेड) ले आफ्नो जापानी साझेदार मित्सुबिशी हेभी इन्डस्ट्रिज (एमएचआई)सँगको सहकार्यमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई निर्धारित समयअनुसार सम्पन्न गर्न २०२० देखि काम गरेको थियो ।

आठ लाख मेट्रिक टन यूरिया र पाँच लाख मेट्रिक टन एनहाइड्रस अमोनियाको अनुमानित वार्षिक उत्पादन क्षमताको साथ, राजधानी ढाकाबाट करिव ५१ किलोमिटर उत्तरपूर्वी नरसिङदी जिल्लामा रहेको कारखानाले बंगलादेशको बढ्दो माग पूरा गर्न मद्दत गर्ने अधिकारीहरूले बताए ।

उद्घाटन समारोहमा बोल्दै हसिनाले कार्बनडाइअक्साइड समात्ने यो बंगलादेशको पहिलो मल प्लान्ट हुने बताईन् । कैद गरिएको कार्बनडाइअक्साइडले पनि देशमा युरिया मलको उत्पादन १० प्रतिशतले बढाउन मद्दत गर्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 November 2023
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)