बंगलादेशले बनाइएको पहिलो हरियो मल कारखाना सुरु

बंगलादेशले बनाइएको पहिलो हरियो मल कारखाना सुरु : Icon Khabar

काठमाडौं, कात्तिक २८ । बंगलादेशले बीआरआईअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को उद्घाटन गरेकी हुन्।

कारखानामा चाइना नेशनल केमिकल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कर्पोरेशन सेभेन लिमिटेडका करिव एक हजार चिनियाँ कर्मचारी छन् । (सीसीजेड) ले आफ्नो जापानी साझेदार मित्सुबिशी हेभी इन्डस्ट्रिज (एमएचआई)सँगको सहकार्यमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई निर्धारित समयअनुसार सम्पन्न गर्न २०२० देखि काम गरेको थियो ।

आठ लाख मेट्रिक टन यूरिया र पाँच लाख मेट्रिक टन एनहाइड्रस अमोनियाको अनुमानित वार्षिक उत्पादन क्षमताको साथ, राजधानी ढाकाबाट करिव ५१ किलोमिटर उत्तरपूर्वी नरसिङदी जिल्लामा रहेको कारखानाले बंगलादेशको बढ्दो माग पूरा गर्न मद्दत गर्ने अधिकारीहरूले बताए ।

उद्घाटन समारोहमा बोल्दै हसिनाले कार्बनडाइअक्साइड समात्ने यो बंगलादेशको पहिलो मल प्लान्ट हुने बताईन् । कैद गरिएको कार्बनडाइअक्साइडले पनि देशमा युरिया मलको उत्पादन १० प्रतिशतले बढाउन मद्दत गर्ने उहाँको भनाइ थियो ।

Published Date: 14 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी